नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताएका छन्।
पार्टी कार्यालयमा आयोजित डाक्टर, इन्जिनियरसहित भक्तपुरका ११ जनालाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गदैृ उनले देशव्यापी रुपमा आफ्नो पार्टीमा जनलहर बढ्दै गएको बताए।
एकीकृत समाजवादीमा प्रवेश गर्नेमा डा. दिनेश भुजु, डा. लक्ष्मी शिल्पकार, डा. राजन सुवाल, डा. प्रकाश सुवाल, डा. तिलक श्रेष्ठ, डा. अनुपमा अमात्य, इन्जिनियर रविन ढुकुछु र माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य छन्।
अध्यक्ष नेपालले उनीहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराए। उनको पार्टीमा विधि र पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता र कार्यकर्ताको उचित मूल्यांकन हुने बताए।
अध्यक्ष नेपालले अब कलम छापलाई जिताएर देशमा समाजवाद ल्याउने बताए। चुनावी मैदानर्मा ककिृत समाजवादीले जित्ने उद्घोष गदैृ उनले टक्कर लिनेहरुको हालत खत्तम बनाउने बताए।