logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु


अंकुरण खबर
1.326K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३९२ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ।

यस्तै, आज ५ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०६ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।