राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापतिमा राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् ।
काठमाडौंको भृकुटी मण्डपमा भएको महाधिवेशन अन्तर्गत शनिबार मध्येरातमा सम्पन्न मतदानको मतगणनामा कमल थापालाई पछि पार्दै राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका हुन् । लिङ्देनले मतगणनाको सुरुदेखि नै अग्रता कायम राखेका हुन् ।
अहिलेसम्म गणना भएको मतपरिणममा लिङ्देनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याएका छन् ।
थापा र लिङ्देनको प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।