logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउदै राजेन्द्र लिङ्देन बिजयी


अंकुरण खबर
2.197K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

काठमाडौंको भृकुटी मण्डपमा भएको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

राप्रपाको चुनाव र पार्टीको आन्तरिक कुरामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको थापाले आरोप लगाएका छन् । राजसंस्थाका बारेमा धेरैनै काँध हाले पनि अहिले धोका दिँदा पराजय भोग्नु परेको गुनासो गर्दै अध्यक्षमा बिजयी लिङ्देनलाई शुभकामना दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् (प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना।

प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।

मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभकामना।)