कोरोना भाइरसका कारण हालसम्म विश्वमा ५२ लाख ४८ हजार बढीको मृत्यु भएको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म ५२ लाख ४८हजार ४ सय ६४ जना संक्रमितको मृत्यु भएको हो भने २६ करोड ५३ लाख २८ हजार ४ सय ९३ जनामा संक्रमित भएका छन् ।
अमेरिका कोरोनाबाट सबै भन्दा धेरै प्रभावित भएको छ । त्यहाँ मात्रै हालसम्म ७ लाख ८८ हजार १८३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै अमेरिका पछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख १५ हजार ५७० जनाले ज्यान गएको छ । भारत संक्रमणका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ७० हजार ५३० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ९४ हजार ९०४, पेरुमा २ लाख १ हजार ३२६, रुसमा २ लाख ७४ हजार ६४८ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ४६ हजार १, इटालीमा १ लाख ३४ हजार १५२ र कोलम्बियामा १ लाख २८ हजार ७३३ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेकाले यसबाट बच्न हदै सम्मको सावधानी अप्नाउन विश्व स्वास्थ संगठन लगाएतका सरोकारवाला सबैले आग्रह गर्दै आएका छन् ।