logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा सात सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
793
Shares

साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार छापावाल सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।