logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्षमा पराजित थापाले बोलाए आफू पक्षका नेताहरूको आकस्मिक बैठक


अंकुरण खबर
689
Shares

राप्रपाको अध्यक्षमा पराजित कमल थापाले आफ्नो प्यानलका नेताहरुलाई आकस्मिक बैठक बोलाएका छन्।

थापा प्यानलको याक एण्ड यति होटलमा अहिले आकस्मिक बैठक जारी छ। चुनावी परिणाम आएलगत्तै थापा प्यानलमा रहेका नेताहरु छलफलमा जुटेका हुन्।

अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि प्यालनका हिसाबले भने उनकै वर्चस्व छ। तर अध्यक्षमा पराजित हुनुको कारणबारे बैठकमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए।

आइतबार बिहान घोषणा भएको मत परिणामअनुसार अध्यक्षमा लिङ्देनले थापालाई पराजित गरेका हुन्। यस्तै महामन्त्रीमा लिङ्देन प्यानलकै धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भए।

त्यस्तै उपाध्यक्षमा थापा प्यानलका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्।