logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजार राताम्मे, ७२ अङ्कले घट्यो


अंकुरण खबर
832
Shares

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतबार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्सेका अनुसार आज दुई सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आज दुई सय २६ कम्पनीमध्ये दुई सय १४ वटा कम्पनीको शेयर घटेको छ । आईसीएफसी फाइनान्स र सबैको लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ भने न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।