logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाजुरामा अटो दुर्घटना, २ जनाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आइतबार करिब ५ः३० बजे सदरमुकाम मार्तडीबाट जडाङगा जाँदै गरेको अटो बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको अबस्था सामान्य रहेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी छ । अटो चालक भने फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएका छन् ।