नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।
थापा देउवा–सिटौला पक्षका नेता हुन् । उनले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् ।
१७५२ मत खसेकोमा थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएका छन् ।
कसको मत कति ?
सभापति :
१.उद्धव थापा -८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५
२.क प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९१
४.बिश्वनाथ रिजाल (त्रिलोचन ) -६६९
महामन्त्री :
१.उमेश थापा -८२३
२.दिपनकुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा-८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार -८३७
२.सीता कार्की-७३३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४