logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन ४ बाट २१ पुग्यो ओमिक्रोन संक्रमितको संख्या


अंकुरण खबर
1.573K
Shares

भारतमा एकैदिन कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ४ बाट २१ पुगेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा १ जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ ।

योसँगै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ ।

आइतबार महाराष्ट्रमा पुणेको स्वास्थ्य अधिकारीले जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिए ।

अधिकारीका अनुसार संक्रमित व्यक्तिमा नाइजेरियाबाट भारत फर्किएकी एक महिला संक्रमित छिन् जो आफ्नी दुई छोरीसँग पिंपरी चिंचवाडमा आफ्नी भाइलाई भेट्न आएकी छिन् । उनका भाइ र उनकी दुई छोरी पनि ओमिक्रोनद्वारा संक्रमित छन् ।

यसबाहेक अर्का एक संक्रमित फिनल्याण्डबाट पुगेर आएका एक व्यक्ति हुन् जो अघिल्लो महिनाको अन्तिम हप्ता भारत पुगेका थिए ।