logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु


अंकुरण खबर
702
Shares

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका -१ थप्रेका १७ वर्षीय रोहित मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार राति सिकार खेल्न गएका बेला गोली लागेर उनको मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रोहित बन्दुक बोकेर सिकार खेल्न गएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।