नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार सोही अवधिमा ३५७ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ।
यस्तै आज दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।
हाल ९८ जना क्वारेन्टाइनमा तथा ११४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।