logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा १७ सर्वसाधारणको मृत्यु भएपछि आफ्स्पा कानुन रद्द गर्न माग


अंकुरण खबर
1.573K
Shares

भारतीय सुरक्षाबलले चलाएको गोली लागेर उत्तरपूर्वी राज्य नागाल्याण्डमा १७ सर्वसाधरणको मृत्यु भएपछि त्यहाँ लगातार प्रहरी अपराधको विरोध भइरहेको छ ।

गत शनिबार सुरक्षाबलले एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १७ सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार ट्रकमा आतंकवादी भएको आशंकामा गोली चलाइएको थियो। भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा पनि सो क्षेत्रमा विद्रोहीहरु भएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यो घटनासँगै भारतमा आफ्स्पा कानुन रद्द गर्नुपर्छ भन्ने आवाज उठेको छ । आफ्स्पाको पुरा रुप ‘आर्म्ड फोर्सेस स्पेसल पावर्स’ एक्ट हो । यो कानुन अनुसार भारतीय सेना, केन्द्रीय रिजर्व पुलिस बलले जटिल अवस्थामा कसैको अनुमति बिना गोली चलाउन पाउँछन् ।

उनीहरुको हतियारबाट कसैको मृत्यु भएमा सेना तथा प्रहरीले कुनै अदालतमा बयान दिनु पर्दैन ।