मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
त्यस्तै दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।