logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी


अंकुरण खबर
1.287K
Shares

सरकारले १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरेको छ।

कोभ्याक्स सुविधामार्फत गत साता एक लाख ८८ हजार डोज मोडर्ना खोप आएको थियो। त्यसलाई १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार एक साताभित्रै बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ। पहिलो चरणमा हिमाली क्षेत्रका जिल्लमा लगाइने भएको छ। यो खोप हरेक विद्यालयमै गएर लगाइनेछ। कुन कुन विद्यालयमा लगाउने भन्ने तय हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ।

यो खोप एक महिनासम्म लगाउदा माइनेस २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्छ। त्योभन्दा बढी समय भण्डारण गर्नका लागि भने माइनस २५ डिग्री सेल्सियस तापक्रम चाहिन्छ। त्यसैले एक साताभित्र नै खोप लगाउने तयारी गरिएको हो। कहिलेदेखि लगाउने भन्ने छिट्टै तय गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।