नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ८०० रुपैंयामा कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैंया कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोला १ हजार १९० रुपैंया कायम भएको महासंघले जनाएको छ ।
सोमबार चाँदी १२ सय रुपैंयामा कारोबार भएको थियो ।