logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : ४ हजार ३१९ प्रतिनिधि छनोट 


अंकुरण खबर
676
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

आगामी शुक्रबारदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ ।