logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले भूकम्प पछिको पुनर्निर्माणका बाँकी कामहरू नियमित कार्यक्रम राखेर पूरा गर्ने


अंकुरण खबर
741
Shares

नेपाल सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरू नियमित कार्यक्रममा राखेर पूरा गर्ने भएको छ ।

काठमाडौंमा आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने जानकारी दिदै विपद व्यवस्थापन सम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरण मार्फत सम्पन्न गर्ने व्यवस्था मिलाएको भन्दै भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका वस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती वकिास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक लाग्ने बताए ।

भूकम्पपछिको पूननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिन लागेपछि बाँकी रहेको दायित्व सरकारले मन्त्रालयलहरुलाई हस्तान्तण सुरू गरेको हो ।

विपद व्यवस्थापन सम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरण मार्फत सम्पन्न गर्ने व्यवस्था मिलाएको बताए । सरकारले निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।