आज बुधबारनेप्सेमा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको आज एकैदिनमा ११ करोड ८८ लाख १५ हजार ९७७ रुपैयाँको कारोबार भएको हो ।
नेपाल टेलिकमको १० करोड ९१ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख, महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७९ लाख भन्दा माथिको कारोबार भएको छ ।