logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अछाम पुगेर भीम रावलको जीकिर : प्रतिस्पर्धामा हारेँ पनि नैतिक रूपमा जिते


अंकुरण खबर
3.224K
Shares

नेकपा एमालेका नेता डा.भीम रावलले चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा आफूले जितेको दावी गरेका छन् ।

महाधिवेशनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका रावलले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै देश र जनताको लागि आफूले ठीक काम गरेको जिकिर गरे ।

‘चुनावी प्रतिस्पर्धामा अध्यक्षमा मैले हारेँ,’ कार्यकर्तालाई ढाडस दिँदै रावलले भने, ‘नैतिक रूपमा मैले जितेको छु । यसबाट कोही पनि निराश हुनु पर्दैन । मैले झण्डा बिसाएर कसैको लठ्ठी समाएर हिँडेको छैन ।’

अध्यक्ष ओलीले आफूलाई पार्टी उपाध्यक्ष र केन्द्रीय सदस्यमा प्रस्ताव गरे पनि पार्टीलाई विधि र पद्धतिमा हिँडाउन आफूले ओलीको प्रस्ताव अस्वीकार गरेको दावी गरे ।

राजनीतिमा अनेकौं घुम्ति मोडहरू आउने भन्दै रावलले देश र जनताका लागि आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे ।