logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोइला काट्ने क्रममा घाइते भएका बलराम राईकाे उपचारमा आर्थिक अभाव


अंकुरण खबर
897
Shares

भारतको मेघालयमा कोइला काट्ने क्रममा घाइते भएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४१ वर्षीय बलराम राईको उपचारमा आर्थिक संकट परेकाे छ ।

२०७६ सालमा कोइला खाद पुगेका राई गत २ मंसिरमा घाइते भएका थिए । भारतमा सामान्य उपचारपछि त्यहाँ रहेका नेपालीले चन्दा उठाएर नेपाल पठाएका थिए । उनकाे अहिले अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।

आर्थिक अभावका कारण थप उपचार अघि बढ्न नसकेको घाइते राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन ।  उनी दिसा पिसाब भएकाे समेत थाहा पाउँदैनन् । थप उपचारमा सहयाेग गर्न उनले अपील गरेका छन् ।  बलरामको श्रीमती सहित तीन छोरी र तीन छोरा छन् ।