राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि बसेको पहिलो बैठकमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन हुनुपर्ने माग उठेको छ ।
बुधबार महाधिवेशनपछि बसेको पहिलो बैठकमा नेताहरुले महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयबाट भएको हस्तक्षेपबारे छानविन हुनुपर्ने माग अघि सारेका हुन् ।
छानविनको माग गर्नेहरुमा कमल थापा पक्षका केन्द्रीय सदस्यहरु विजय खड्का,राजाराम बर्तौला, शशी सिलवाल, रीता माझी, केदार कोइराला, दीपक मल्ल, जमुना थापा, राधेश्याम साह लगायत थिए ।
उनीहरुले महाधिवेशनमा भएको हस्तक्षेपबारे छानविन समिति बनाउन पार्टी बैठकमा माग गरेका छन् ।
महाधिवेशनपछिको पहिलो बैठकको एजेण्डा परिचयात्मक कार्यक्रम गर्ने मात्रै रहेकोमा थापा पक्षीय नेताहरुले बोल्ने क्रममा छानविन समिति बनाउन सामुहिक रुपमा माग गरेका हुन् ।
अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको थियो ।