logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वगभर्नर नेपालको ‘बीपी कोइरालाको आर्थिक विचार’ पुस्तक सार्वजनिक


अंकुरण खबर
1.17K
Shares

बीपी कोइरालाका आर्थिक क्षेत्रसँग सम्बन्धित विचारहरूलाई समेटेर नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले लेखेको पुस्तक ‘बीपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक गरिएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा बीपी कोइरालाले आर्थिक विषयमा राखेको विचारलाई समेटिएको छ । २०३४ देखि २०३९ सालसम्म बीपीसँग गरेको संगतका साथै पाल्पा बहुमुखी क्याम्पस, चितवन, बुटवल, कपिलवस्तुलगायतका जिल्लामा गरेको भाषण र अन्य सोधहरूको अध्ययनका आधारमा पुस्तक प्रकाशन गरिएको लेखक नेपालले जानकारी दिए ।

पुस्तक विमोचन कार्यक्रममा उद्योगपति विनोद चौधरीले बीपीको सोच अहिले पनि सान्दर्भिक रहेको र पुस्तकबाट बिचार निर्माण गर्न सहयोग मिल्ने बताए । १३६ पेजको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।