पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरास्थित पोखरा विन्ध्यवासिनी ट्रेडर्सबाट हुने भएको छ ।
यससम्बन्धी पोखरामा भएको समझदारीमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी ट्रेडर्सका निर्देशक धर्म विष्टले हस्ताक्षर गरे ।
समझदारीसँगै अव पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण बढ्ने विश्वास कम्पनीको छ । यसअघि पनि पोखरा र त्यस आसपासका विभिन्न जिल्लाहरूमा गोर्खा इको प्यानल लोकप्रिय थियो । पोखरा आसपासका हिमाली जिल्लाहरू मनाङ, वाग्लुङ, मार्दीलगायतका ठाउँहरूमा गोर्खा इको प्यानलको प्रयोग गरी अस्पताल, स्वास्थ्य चौकी, स्कुल भवनहरू बनेका थिए ।
गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रूपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि छ ।
‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने मूल नाराका साथ यसले वातावरणमैत्री रूपमा निर्माण सामाग्री उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।