logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारीसाधनको एसेम्बिलिङ प्लान्टलाई प्रोत्साहन दिन ढकालको आग्रह


अंकुरण खबर
1.508K
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सवारी साधनका एसेम्बिलिङ प्लान्टलाई बढवा दिन सरकारसँग आग्रह गरेका छन् ।

‘अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन्’ । बुधबार अटोमोबाईल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले भने ‘यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढवा दिनुपर्छ ।’

ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरूलाई समयानुकूल बनाउन पनि आग्रह गरे । परम्परागत नीति नियमहरूलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभपुग्ने र सरकारले चाहेको आर्थिक रूपान्तरणको लक्ष्य पनि हासिल हुने उनको भनाइ थियो ।

‘यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरूलाई लिएर सरोकारवालापक्षहरूसँग छलफल गरी पुरानानीतिनियमहरू परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ ।’ उनले भने, ‘यसका लागि राज्यले अग्रसरता लिनुपर्छ ।’

बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै उपाध्यक्ष ढकालले औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुलीउपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए । यसैगरी सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण पनि गरे ।