logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बिमा


अंकुरण खबर
1.196K
Shares

दाङको घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितको निस्शुल्क स्वास्थ्य बिमा गर्न थालिएको छ ।

वडा कार्यालयले ३३ जनाको स्वास्थ्य बिमा गरिदिएको हो । घोराहीका मेयर नरुलाल चौधरीले द्वन्द्वपिडीतका लागि स्वास्थ्य बिमाको शुभारम्भ गरे ।

जनयुद्ध, जनआन्दोलनका सहिद र बेपत्ताका परिवार तथा घाइतेको निस्शुल्क स्वास्थ्य बिमा सुरु भएको हो ।

घोराही(१७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको र चालु आर्थिक वर्षमा द्वन्द्वपीडितलाई निस्शुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताए  ।