logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं : प्रधानमन्त्री देउवा


अंकुरण खबर
637
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।

उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गरेका छन् । उनले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै उनले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताए ।

सहमहामन्त्री महतले बिपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई  पुस्तकको रुप दिएको जानकारी दिए ।