नेकपा (माओवादी) ले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ ।
माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले यही मंसिर २५ गते गर्ने प्रदेश सम्मेलनको पूर्व सन्धामा ७ जना पदाधिकारीमा थप गर्दै ९ जना राख्ने निर्णय गरेको हो ।
आजको बैठकबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सह-सचिव र कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भने पनि अब १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमीतमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।