logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५० लाख लागतमा सिंगारिएको कांग्रेसको महाधिवेशन स्थल (फोटो फिचर)


अंकुरण खबर
1.157K
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ ।

Avatar

महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ ।

Avatar

महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ । यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ ।

Avatar

महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ । आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ ।

Avatar

‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो । तर, आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ’, उनले भने ।

आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि हुनेछन् ।

Avatar

Avatar