logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन


अंकुरण खबर
1.326K
Shares

नेपाल स्टक एक्स्चेन्जमा शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले शुक्रबार लक्ष्मी बैंकको आठ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो ।

नेप्सेले लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । लक्ष्मी बैंकको समायोजनपछि नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ  निर्धारण गरेको छ ।

समता घरेलु लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यी तीनवटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।