एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारणसभा बोलाएको छ ।
लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।
त्यस्तै, अन्य लघुवित्तसँगै मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले ९-२६ पुससम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ, ८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।