logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय प्रधानमन्त्री मोदीद्धारा कांग्रेस महाधिवेशन सफलताको शुभकामना, नेपालको राजनीतिक संस्कार विश्वमै राम्रो : हर्षवर्द्धन


अंकुरण खबर
962
Shares

भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए ।

नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए ।

भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।

कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए ।

हर्षवर्द्धनले कांग्रेसको यो महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको देख्न पाउँदा खुसी लागेको बताए ।