logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँ : मुकुल वासनिक


अंकुरण खबर
1.079K
Shares

भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल(भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए ।

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।

यसअघि भाजपाका हर्षवद्र्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताए ।