logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगोले जलेर एकको मृत्यु


अंकुरण खबर
910
Shares

सिरहाको भगवानपुर गाउँपालिका ४ दशगजाका महेश साहको छोरा ८ वर्षीय छोरा गौतम साहको जलेर मृत्यु भएको छ ।

सुनिल साहको परालको टालमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो भने उनका भाई छोरा ७ वर्षीय आकाश साह जलेर गम्भीर घाइते भएका छन् ।

आगलागिको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठाडी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले दुवै घाइते बालकहरुको उद्धार गरी उपचारको लागि भारततर्फ लैजाने क्रममा गौतम साहको बाटोमै मृत्यु भएको, ७ वर्षीय आकाश साह जलेर गम्भीर घाइते र आगलागीबाट २ वटा परालको टाल पूर्णरुपमा जलेर करिब २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाएको छ ।