नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी ९५ प्रतिशत पुरा भएको छ ।
यही मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनको ९५ प्रतिशत तयारी सकिएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए । बाँकी काम पनि तिब्र गतिमा भैरहेको भट्टले जनाएका छन् ।
सम्मेलनले सुदूरपश्चिममा २ सय २३ जनाको कमिटी बनाउने छ । आवश्यक्ता अनुसार पछि १० प्रतिशत सदस्य थप गरेर समावेशी पूर्ण कमिटी बनाउने तयारी गरेको भट्टले जनाएका छन् ।
सम्मेलन भव्य र सव्य बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने उनले बताए । यो सम्मेलनले सुदूरपश्चिममा पार्टी भित्र रहेका कमि कमजोरी सच्चाउदै पार्टीलाई थप शसक्त, एकतावद्ध र जनमुखी बनाउनेमा आफु विश्वस्त रहेको भट्टको भनाई छ । माओवादी केन्द्रले सबै प्रदेशमा एक्कैपटक सम्मेलन गर्दै छ । सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले केन्द्रबाटै गर्ने कार्यक्रम तय गरिएको छ ।