logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको बन्दसत्र पनि आजै, उद्घाटन सत्र लामो हुँदा प्रतिनिधि र कार्यकर्ताहरुनै बाहिरिन थाले


अंकुरण खबर
1.339K
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ ।

राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए। बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

कांग्रेसको उद्घाटन सत्र भने वक्ता धेरै हुँदा लम्बिएको छ । बन्दसत्र आजैबाट सुरु हुने भनिरहदा कार्यक्रम लामो भएकाले उद्घाटन सत्रमा सहभागी प्रतिनिधि र कार्यकर्ताहरु क्रमशः बाहिरिन थालेका छन् ।