logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


अंकुरण खबर
1.014K
Shares

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ।

भक्तपुरको गठ्ठाघरमा सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकमा १५ अजेन्डा तय गरिएको छ।

बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटीको गठन लगायतका एजेन्डा रहेका छन्।

त्यस्तै, एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने विषयमा पनि छलफल गरिने भएको छ।

आजदेखि सुरु हुने बैठकमा विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान लगायतका विषयमा पनि निर्णय हुने एमालेले जनाएको छ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन दुई साताअघि सकिएको थियो।