logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तुलसीपुर कारागारका कैदीबन्दीले गरे रक्तदान


अंकुरण खबर
1.118K
Shares

दाङस्थित तुलसीपुर कारागारमा १ सय जना कैदीबन्दीले रक्तदान गरेका छन् । रगत अभावलाई टार्न कारागारभित्र रक्तदान गरिएकाे हाे ।

‘पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ’ भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए । कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएकाे हाे ।

कारागारमा ५ सय २५ कैदीबन्दी छन् । ३१ महिला र चार आश्रित बालबालिका पनि कारागारमा छन् ।

कैन्दीबन्दी सीप विकाससँगै सामाजिक र मानवीय सेवामा लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर ओलीले बताए । कैदीबन्दीले गरेको रक्तदान उदाहरणीय रहेकाे उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेका अनुसार हाल  दाङमा मासिक रुपमा ४ सय ५० युनिट रगत खपत हुने गरेकाे छ ।