logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु नियुक्त


अंकुरण खबर
1.664K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो ।

५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए ।