logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते


अंकुरण खबर
468
Shares

बस र मारुती भ्यान एक आपसमा ठोक्किँदा शनिबार बिहान झापामा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिबार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र- १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।

अन्य घाइतेहरू बाह्रदशी– १ निवासी ५५ वर्षीया किमारी निरौला, सोही ठाउँका ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ निवासी १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् ।

उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।