logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष दाहालद्वारा माओवादी केन्द्रको प्रदेश अधिवेशन भर्चुअल विधिमार्फत उद्घाटन


अंकुरण खबर
416
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको प्रदेश सम्मेलन उद्घाटन गरेका छन् ।

शनिबार दाहालले एकै साथ सबै प्रदेशको अधिवेशन काठमाडौंबाट भर्चुअल विधिमार्फत उद्घाटन गरेका हुन् । दाहालले सात भौगोलिकसहित अन्य दुई प्रदेशको सम्मेलन भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

माओवादी केन्द्रले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, बागतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन शुरू गरेको छ । अधिवेशनले प्रदेशमा नयाँ कमिटी गठन गर्नेछ ।

माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव, कोषाध्यक्ष गरेर नौ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।