logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपासना फेरि एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर


अंकुरण खबर
1.014K
Shares

एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन ।

काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमबीच सस्थाका कम्प्लाइन्स म्यानेजर नबराज प्रसाईले यूबा पुस्ता मांझ उपासनाको क्रेज र बिध्यार्थीहरू माँझ सस्थाको बारेमा उपासनाले गरेको सकारात्मक प्रबाहका कारणले ने उनलाई पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा सस्थाका ब्यबस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाई प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे ।

अभिनेत्री उपासना सिंहले आफूलाई बिश्वास गरेर सस्थाले पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन (‘ सस्थाले म माथि गरेको बिश्वासलाई म डगमगाउंन दिन्न ‘ उनले बिभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने बिध्यार्थीहरूका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन ।

एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया,सिड्नी निर्देशक सुनिल उप्रेतीले पछील्लो समय यूबा पुस्ताकी प्रिय अभिनेत्री उपासना सिंह ठकुरीको सस्थामा पुन आबद्दता बिध्यार्थीहरूकै माग र चाहनाको परिणाम भएको कुरा बताए । उनले अगाडि भने (‘ आफूले पाएको जिम्मेवारी निभाउने मामिलामा सधैं अग्रसर हुने उपासनाको बानीले पनि उनलाई पुनः हामीले ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेका हौं यूबा पुस्ताकी चर्चित यि अभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि एक बर्षका लागि  सस्थाको ब्राण्ड एम्बेस्डरमा नियु्क्त नियुक्त गरेको थियो ।

यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।जानकारी दिइए अनुसार पौष ७ मा काठमाण्डौ,पौष ९ पोखरा,पौष ११ इटहरी ,पौष १२ दमक,पौष १३ बिर्तामोड,पौष २३ हेटौंडा,पौष २४ चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।