logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी


अंकुरण खबर
975
Shares

नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ।

१३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।

निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ ।

त्यसैगरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ ।

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ । केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।