logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलियो पार्टी र बलियो सरकार बनाउन मलाई जिताउनु होला : देउवा


अंकुरण खबर
1.079K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासन आयो भने देशमा अत्यन्तै डरलाग्दो अवस्था हुने बताएका छन् ।

हिजोको कम्युनिस्ट शासनको र आजको कांग्रेसको शासनमा आकाश जमिनको फरक भएको उनले बताए । “हिजो कस्तो डर त्रासमा बस्नुपरेको थियो । देशलाई कम्युनिस्ट शासनबाट मुक्त गर्न हाम्रो सरकार रहनुपर्छ । निष्पक्ष चुनाव हुन्छ । म फेरि सभापति भए भने निष्पक्ष चुनाव गराउँछु,” उनले भने ।

फेरि तीनै तहका सरकारमा ल्याएर नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउन आफू सफल हुने उनले बताएका छन् । “हाम्रो इतिहासले प्रधानमन्त्री र पार्टी सभापति एउटै भन्छ । स्थायित्व हुन्छ । पार्टी र राष्ट्र परिचालनको सवाल छ । पार्टी बलियो हुनु जरुरी छ । बलियो कांग्रेस भयो भने राष्ट्र बलियो हुन्छ,”उनले भने ।

अहिलेको अवस्थामा आफू पार्टी सभापति हुनु अति आवश्यक रहेको उनले बताएका छन् । अहिले बलियो पार्टी र बलियो सरकार बनाउने कि नबनाउने भन्ने प्रश्न प्रमुख रहेकाले आफूलाई निर्वाचित गराउन उनले आग्रह गरे ।