logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भुपेन्द्र बडुवालको न्यायको माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन


अंकुरण खबर
1.534K
Shares

कात्तिक २३ गते कैलालीको टीकापुरमा हत्या गरिएका भुपेन्द्र बडुवालको न्यायको माग गर्दै सोमबार उनका आफन्तहरुले जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् ।

शुक्रबार कैलाली जिल्ला अदालतमा लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही धरौटी बुझाएर तारेखमा छुटे पछि बडुुवालको हत्याका अभियुुक्तहरुलाई सघाएको भन्दै आफन्तहरुले धनगढीको मुख्य बजार देखि र्याली सहित नाराबाजी गर्दै अदालतमा विरोध प्रदर्शन गरेका हुन । उनीहरु तीन जना माथि बडुुवालको हत्याका अभियुुक्तहरुलाई सघाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो ।

शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये नौ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको छ ।

यस प्रकरणमा फरार रहेका अन्य नौ जनालाई अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।