नेपाली कांग्रेसको नयाँ कार्यसिमिति चयनका लागि आज भै रहेको चनाबमा अहिले २ बजे सम्ममा ६०० मत खसेको छ ।
निर्वाचन समितिका सदस्य तेज रावलले मतदान शुरू भएको साढे २ घण्टामा ६ सय मत खसेको जानकारी दिएका हुन ।
भृकुटीमण्डपका दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रमा मतदान भैरहेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रेका छन् ।