logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले संसद् अवरोध गर्नु संविधान र नियम बिपरित कार्य हो : सभामुख सापकोटा


अंकुरण खबर
1.092K
Shares

सभामुख सापकोटाले एमालेले गरिरहेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताएका छन् ।

आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको सापकोटाले बताए ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै उनले भोलि (मंगलबार) सुरू हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने पनि बताए।

एमालेले संसद अवरोध गरेको प्रसंगमा सापकोटाले भने,‘उहाँहरूले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानुन अनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरि त्यही गर्न म प्रतिबद्ध छु।’

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढिरहेको पनि बताएका छन् ।