गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ९ मा खानीगाउँमा बसोवास गर्ने दलित समुदायका पाँच घर हटाएर पशुपति माइनिङ कम्पनी प्रालिले माटोखानी सञ्चालन गरेको छ।
कम्पनीले २०७० सालमा ५२ रोपनी जग्गा किनेर खानी दर्ता गरी माटो खानी चलाइएको र परियार र नेपाली थरका पाँच घर विस्थापित भएको स्थानीय नवीन दवाडीले बताए ।
जग्गा हामी नै लिने हो भनेर २१ रोपनी जग्गाको माटो खनेर लगेको, खन्दा विग्रिएको जमिन नसम्याई दिएको र बस्न जोखिम भएको कारणले बस्ती छोड्न परेको स्थानीय रमेश परियार बताउछन् ।
यहाँबाट लगेको माटो सिमेण्ट उद्योगमा क्लिन्कर बनाउन प्रयोग हुने र अर्घाखाँची सिमेण्ट, जगदम्बा सिमेण्ट, शिवम् सिमेण्टहरुले यहाँको माटो किन्ने स्थानीहरु बताउछन् ।
माटो खानी सञ्चालकले दलित समुदायलाई धोका दिएको पिडितहरुको गुनासो छ ।