logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खप्तड लघुवित्त आईपीओ निष्कासनको तयारीमा


अंकुरण खबर
2.938K
Shares

खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको कुल १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

आज खप्तड लघुवित्त र प्रभु क्यापिटलबीच भएको सम्झौता अनुसार खप्तड लघुवित्तले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासन पछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।